रवि लामिछानेविरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै
- पुस ७, २०८१
- 0
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ ।
आइतबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सभापति रविविरुद्ध मुद्दा दायर गर्न लागेको हो ।
रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ वटा अभियोग दर्ता गर्ने तयारी सरकारी वकिलको रहेको छ । हाल थुनामा रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, नेटवर्कका सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङसहित ५१ जनाविरुद्ध आइतबार अभियोग दर्ताको तयारी छ ।
0 प्रतिक्रिया
संविधान संशोधनका लागि चाँडै संयन्त्र बन्छ : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि चाँडै संयन्त्र बनाउने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस एकसय […]
रवि लामिछानेसहित ३१ जनाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता
सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्धको अभियोग पत्र जिल्ला अदालत कास्की दर्ता भएको छ । सहकारी […]
एनपिएल विजेता जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गरेका छन् । आइतबार […]
एमालेले बोलायो सचिवालय बैठक
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी बुधबार (पुस १० गते) ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा […]
जनकपुरले एनपीएल जितेकोमा सखुवा प्रसौनी गाउँपालिकामा आज सार्वजनिक बिदा
पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ। जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो सिजनको उपाधि जितेकोमा गाउँपालिकाको […]