एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
- पुस ६, २०८१
- 0
कोसी प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
कोसी प्रदेशमा राति हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । एक–दुई स्थानमा फाटफुटदेखि हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना विभागले जनाएको छ ।
बिहान तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । यसैबीच, काठमाडौंमा आज बिहानको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस रहेको छ ।
0 प्रतिक्रिया
निरोगी नेपाल बनाउन ध्यान र योग नियमित गर्नुपर्छ : ओली
प्रधानमन्त्री केपी शर्मा ओली युद्ध र अशान्तिबाट त्रस्त विश्वलाई शान्तिमय बनाउन योग र ध्यानलाई जीवन पद्धतिका रुपमा अपनाउनुपर्ने बताएका छन् […]
एनपीएलको पहिलो उपाधि बिजेता बन्यो जनकपुर
जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ । टीयू क्रिकेट मैदानमा आज सम्पन्न […]
इभी गाडी व्यवसायीको गुनासो : ‘खरिद गर्न सजिलो, पाल्न गार्हो’
सविता नयाँजू / नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधन(ईभी) को प्रयोग बढ्दै गएको छ । सार्वजनिक यातायातका साधनका रुपमा ‘विजुली […]
जनजिवन : एउटा युवा शक्ति जसले अस्थायी रुपमा पान व्यापार गरिरहेका छन्
नेपाल जीवनस्तर सर्वेक्षणको तेस्रो प्रतिवेदनअनुसार गरिबीको रेखा प्रतिव्यक्ति प्रतिवर्ष १५ हजार ९ सयबाट वृद्धि भई ३७ हजार ८ सय ७९ […]
नेपालमा फेरि मंकीपक्स संक्रमित भेटिएपछि स्वास्थ्य मन्त्रालयल भन्याे- सतर्क रहनू
नेपालमा मंकिपक्स पुष्टि भएपछि सरकारले सतर्कता अपनाउन सचेत गराएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी सावधानी अपनाउन […]