अर्थमन्त्री पौडेल स्वदेश फिर्ता
- पुस ५, २०८१
- 0
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज स्वदेश फर्किएका छन् ।
थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिएर अर्थमन्त्री पौडेल स्वदेश फर्किएका हुन् ।
सम्मेलनमा दिगो विकासका लक्ष्यहरु, स्रोत व्यवस्थापन, पूँजी परिचालन, सार्वजनिक ऋण, जलवायु वित्तका लागि स्थापित कोष, वित्तीय अन्तर लगायतका विषयमा छलफल भएको थियो ।
एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोगले आयोजना गरेको परामर्श बैठकको अध्यक्षता नेपालले गरेको थियो ।
परामर्श बैठकबाट आएका सुझावहरुलाई समेत समावेश गरी सन् २०२५ मा स्पेनमा हुने विकासका लागि वित्तसम्बन्धी चौथौ अन्तर्राष्ट्रिय सम्मेलनमा पेश गरिने दस्ताबेज तयार पारिनेछ ।
0 प्रतिक्रिया
दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ । आज प्रसाईको पक्षबाट दायर बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाई गर्दै […]
एनपीएलको फाइनल शनिबार, फाइनलको लागि तयार रहेको दुबै टोलीका कप्तानको भनाई
नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच हुँदैछ । शुक्रबार सिद्धार्थ बैंक नेपाल प्रिमियर […]
नेपाल विश्वविद्यालयको कुलपतिमा डा.लोहनी चयन
नेपाल विश्वविद्यालयको कुलपतिको पदमा डा.बिन्दुनाथ लोहनी चार वर्षका लागि चयन भएका छन् । नेपाल विश्वविद्यालय ऐन २०८१ को व्यवस्था अनुसार […]
एसिसी यू-१९ महिला एसिया कप : नेपाललाई पराजित गर्दै बंगलादेश फाइनलमा
एसिसी यू-१९ एसिया कपको दोस्रो सुपर फोरको खेलमा नेपाल पराजित भएको छ। शुक्रबार फाइनल प्रवेशका लागि बंगलादेशसँग खेलेको नेपाल ९ […]
नेपाल सरकार र एडिबीबीच तीनवटा आयोजना र एउटा कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच तीनवटा आयोजना र एउटा कार्यक्रम कार्यान्वयनका लागि सम्झौता भएको छ । शुक्रबार […]