चार संसदीय समितिको बैठक बस्दै

news-details

आज संघीय संसद अन्तरगत चार समितिको बैठक बस्दैँछ ।

बुधबार प्रतिनिधि सभा अन्तरगत राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभा अन्तरगत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति गरि चार समितिको बैठक बस्न लागिएको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता माननीयहरुसँग छलफल हुने कार्यसूची रहेको छ भने बैठक दिनको १ बजे कानून समितिको सभाकक्ष हुन लागेको हो ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ भने बैठक विहानको ९ बजे बस्दैँछ ।

यसको साथै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरु सम्बन्धमा नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहानको ११ः३० बजे बस्दै छ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा भने स्थलगत अनुगमन प्रतिवेदन सम्बन्ध छलफल हुने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्दैँछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *