तस्वीरमा हेर्नुहोस् चोभारस्थित सुख्खा बन्दरगाह
- पुस ३, २०८१
- 0
व्यवसायिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाहले सेवा थालेको साढे दुई वर्ष पुगेको छ । तर, पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।
चालू आर्थिक वर्षमा चोभार सुख्खा बन्दरगाहमा ३९ करोड ४५ लाख ३० हजार रुपैयाँ बराबरको आयात भएको भन्सार विभागले जनाएको छ ।
विश्व बैंकको एक अर्ब ५४ करोड ऋण सहयोगमा निर्माण भएको बन्दरगाह काठमाडौंका व्यवसायीको आयात तथा निर्यात सहजीकरणका लागि सञ्चालनमा ल्याइएको हो ।
दुई सय २० रोपनी क्षेत्रफलमा बनेको बन्दरगाहमा पाँच सय ट्रक वा कन्टेनर पार्किङ गर्ने क्षमता छ । तर काठमाडौं–तराई फास्ट ट्रयाक पूरा नभएसम्म बन्दरगाह पूर्ण क्षमतामा चल्ने सम्भावना भने न्यून देखिएको स्थानीयको बुझाइ छ ।
यतिबेला चोभार सुख्खा बन्दरगाहमा कन्टेनर, ट्रक तथा कार गरेर छ सयभन्दा बढी छन् ।
0 प्रतिक्रिया
‘कतारको राष्ट्रिय दिवस यहाँका जनताको बफादारी, ऐक्यबद्धता र गौरवको वार्षिक स्मरण पनि हो’
कतारको इतिहासमा राष्ट्रिय दिवसको ठूलो महत्व छ । राष्ट्रिय दिवसलाई कतारमा संस्थापक दिवस पनि भनिन्छ । सन् १८७८ मा […]
प्रधानमन्त्रीसँग युएइका राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएइ) का राजदूत अब्दुल्ला अल शम्सीले आज शिष्टाचार भेट गरेका छन् […]
पर्यटन क्षेत्रको विकासको लागि निजी क्षेत्र अगाडि बढ्नुपर्छ : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको विकासको लागि निजी क्षेत्र अगाडि नसरेसम्म विकल्प नभएको बताएका छन् […]
एनपीएल : चितवन राइनोजलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा प्रवेश
सिद्धार्थ बैक नेपाल प्रिमियर लिग(एनपिएल) को इलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । बुधवार […]
स्वास्थ्यकर्मीको पारिश्रमिक बैंकिङ प्रणाली मार्फत् उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ एवं स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउन परिपत्र गरेको छ […]