रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पुस २, २०८१
- 0
पूर्व गृहमन्त्री तथा रास्वपामा सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका उनलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको थियो ।
पुस ५ मा सरकारी वकिल कार्यालयले उनीविरुद्ध अदालतमा अभियोजन गर्दै छ । अभियोजन गर्नुअघि गैरकानुनी थुनामा राख्न नमिल्ने हुनाले उनलाई हिरासतमा राख्न प्रहरीले अदालतको अनुमति लिएको हो । सोमबार प्रहरीले उनीविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका थिए । सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशी र लामिछाने सहित ५ जना थुनामा छन् ।
0 प्रतिक्रिया
त्रिविको सम्पति छानबिन आयोगद्वारा प्रधानमन्त्रीलाई प्रतिवेदन हस्तान्तरण
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पति खोजबिन आयोगले आज प्रतिवेदन हस्तान्तरण गरेको छ । शिक्षा, विज्ञान तथा […]
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
पूर्व गृहमन्त्री तथा रास्वपामा सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । सूर्यदर्शन […]
अर्थमन्त्री पौडेल बैंककमा, क्षेत्रीय परामर्शमा गरे अध्यक्षता
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०२४ डिसेम्बर १७ र १८ मा बैंककस्थित संयुक्त राष्ट्र संघको सम्मेलन केन्द्रमा आयोजना हुने एसिया […]
चोभार सुख्खा बन्दरगाह : लजिस्टिक हब सफल, पूर्ण क्षमतामा समस्या
सुस्मिता वानिया / व्यवसायिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाहले सेवा थालेको साढे दुई वर्ष पुगेको छ […]
‘नीजि क्षेत्रको सहभागिता बिना कुनैपनि क्षेत्रको विकास असम्भव’
सार्वजनिक–निजी साझेदारी (पीपीपी) फ्रेमवर्क अन्तर्गत प्रसारण लाइन विकासको लागि राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र निजी क्षेत्रबीच समझदारी पत्रमा हस्ताक्षर […]