युरो किड्स गोठाटारले मनायो सांस्कृतिक पहिचान झल्काउने कार्यक्रम (फोटोफिचर)

news-details

विविधतामा एकता भन्ने मुलमन्त्रलाई आत्मसात् गर्दै युरो किड्स गोठाटारले नेपाली जातजातीको सांस्कृतिक पहिचान झल्काउने कार्यक्रम सम्पन्न गरेको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाका शिक्षा शाखा प्रमुख पुष्पराज ढकालको प्रमुख आतिथ्यता तथा युरो किड्स गोठाटारका प्रमुख नवराज काफ्लेको सभापतित्वमा शनिवार कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बालबालिका तथा उनीहरुका अभिभावकहरुलाई उपस्थित गराई युरो किड्स गोठाटारबाट आफ्ना बच्चाहरुमा कस्तो परिवर्तन आएको र वालवालिकाको वृद्धि विकासमा युरो किड्सले कत्तिको मद्धत गरेको भनेर उनीहरुबिच छलफल गरिएको थियो । साथै उनीहरुलाई विभिन्न जातजातिका पहिरनमा उपस्थित गराई नेपाली भेषभुसा तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्दै कागेश्वरी मनोहरा नगरपालिकाका शिक्षा शाखा प्रमुख ढकालले अभिभावकहरुले अन्य भन्दा युरो किड्सलाई प्राथमिकता दिएर रोज्ने गरेको बताए । युरो किड्सका राम्रा पक्षलाई मात्र नभएर सुधार गर्नुपर्ने पक्षहरुलाई पनि शिक्षकहरुसँग राख्न अभिभावकलाई सुझाव दिए ।

उनले बालबालिकाहरुका लागि युरो किड्सले लामो समयदेखि खेलेको सकारात्मक भुमिकाका बारेमा प्रष्ट पार्दै यसको शाखा गोठाटारमा पनि आएकोमा खुशी व्यक्त गरे ।

युरो किड्स गोठाटारका अध्यक्ष नवराज काफ्लेले गोठाटारका अभिभावकहरुले विश्वास गरेर आफ्ना बच्चाहरु युरो किड्समा दिएकोमा आभार प्रकट गरे । साथै उनले प्रत्येक वर्ष बढाएर कक्षा थप गर्दै जाने प्रतिवद्धता जनाए ।

युरो किड्सबाट बच्चाहरुलाई पढाईमा मात्र केन्द्रित नगरी खेल्दै सिक्दै गर्ने वातावरण दिलाउनका लागि सधैं लागिपर्ने अध्यक्ष काफ्लेले जानकारी दिए ।

त्यस्तै युरो किड्सकी प्रधानाध्यापक सम्झना गिरीले युरो किड्ले छोटो समयमा नै ३२ जना बच्चाहरुलाई भित्राईसकेको र आगामी दिनहरुमा अझै बढाउँदै जाने बताईन्

व्यवहारिक र गुणस्तरिय शिक्षाको लागि नै यूरो किड्स सन्चालनमा आएको उनकोे भनाई छ । साथै अभिभावकहरुले पनि आफ्नो अमुल्य समय दिएर कार्यक्रममा उपस्थित भएकोमा खुशी व्यक्त गरिन् ।

कार्यक्रममा अभिभावकहरुले पनि आफ्नो बच्चालाई युरो किड्समा राखेर धेरै सकारात्मक परिवर्तन आएको भन्दै खुशी व्यक्त गरेका थिए । वालवालिकाले घरमा नसिकेका कुराहरु सिक्न पाएको घरमा जस्तै राम्रो हेरचाह गरेको हुनाले युरो किड्सलाई धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा युरो किड्सका मेनेजिङ डाइरेक्टर हेमन्त गौतम, डाइरेक्टर ममता पोखरेल तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बालबालिकाहरुलाई विभिन्न जातजातिका पहिचान झल्काउने पोसाक लगाएर नृत्य तथा फेसन सो, ¥याम वाक गराईएको थियो साथै अभिभावकहरुले पनि आफ्नो प्रस्तुती राखेका थिए । त्यस्तै हेल्थ इज वेल्थ कार्यक्रममा सहभागी सम्पूर्ण बालबालिकाहरुलाई मेडल तथा प्रमाण पत्र प्रदान पनि गरिएको थियो ।

कार्यक्रममा सम्पुर्ण अभिभावकहरुले आफैले बनाएर खानाका विभिन्न परिकारहरु ल्याएका थिए ।

युरो किड्स गोठाटारमा प्ले ग्रुपदेखि १ कक्षासम्म पढाई भईरहेको छ । गुणस्तरीय शिक्षा दिने विद्यालयका रुपमा ब्राण्ड बनाएको प्रिस्कुल यूरो किड्स कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ गोठाटारमा बालबालिकाहरु खेल्दै, रमाउँदै, सिक्दै गरिरहेका छन् ।

विश्वभर करिब १४ सय शाखा रहेको यूरो किड्सको गोठाटार शाखा सबैभन्दा कान्छो हो । यूरो किड्स भर्ना गरेको छोटो समयमा बालबालिकाहरु निकै सृजनशिल बनेको भन्दै अभिभावकहरु हर्षित बनेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *