रवि लामिछानेलाई पोखरा पुर्याइयो
- मंसिर २६, २०८१
- 0
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पर्साबाट पोखरा पुर्याइएको छ ।
बुधबार दिउँसो उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा पुर्याइएको हो।
सानोपाइला सहकारीको बचत रकम अपचलनमा बयानका लागि लामिछानेलाई सोमबार पर्सा पुर्याइएको थियो।
मंगलबार बयान सकेर बुधबार बिहान सिमरास्थित विमानस्थलबाट काठमाडौं हुँदै पोखरा पुर्याइएको हो।
पोखराको सूर्यदर्शन सहकारीबाट सुरु भएको लामिछानेमाथिको अनुसन्धान पछि अरु चार सहकारी अनियमितताको छानबिनसम्म पुगेको थियो । सूर्यदर्शनसँगै रुपन्देहीको सुप्रिम सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन र वीरगञ्जको सानो पाइला सहकारीमा बचतकर्ताको रकम अनियमिततामा प्रहरीले लामिछानेसँग बयान लिएको छ ।
0 प्रतिक्रिया
विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउनुपर्नेमा प्रधानमन्त्रीको जोड
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा उपलब्ध हुनुपर्ने जोड दिएका छन् । आफूले आधारभूत शिक्षा लिएको तेह्रथुमको आठराईस्थित प्रणाली […]
‘मुलुकको अर्थतन्त्र सुधारतर्फ अघि बढेको छ तर दबाबमुक्त भएको छैन्’ : अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिले मुलुकको अर्थतन्त्र समस्यामा रहेको बताएका छन् । बुधबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले […]
सरकार र एडीबीबीच सम्झौता पत्रमा हस्ताक्षर
नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी)बीच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना (एमआईआईपी), जलवायु अनुकूल परिदृश्य र जीवनयापनका लागि सहुलियतपूर्ण ऋण […]
एनपीएल : काठमाडौंसँग लुम्बिनी १८ रनले पराजित
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) मा बुधवारको दोस्रो खेलमा काठमाडौंसँग लुम्बिनी १८ रनले पराजित भएको छ । काठमाडौंले दिएको एकसय […]
रवि लामिछानेलाई पोखरा पुर्याइयो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पर्साबाट पोखरा पुर्याइएको छ । बुधबार दिउँसो उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा […]