प्राधिकरणमा आउँदा बस्ने ठाउँसम्म नभएका कारण कार्यकक्ष बनाउन आवश्यक थियो : मन्त्री खड्का

news-details

रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको प्रधान कार्यालयमा तयार प्राधिकरणको कार्यकक्षमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले कार्यभार सम्हालेका छन् ।

मंगलबार अबेर तयार भएको कार्यकक्षको मन्त्री खड्काले बुधबार कार्यभार सम्हालेका हुन् ।

प्राधिकरण सञ्चालक समितिको अध्यक्ष ऊर्जा मन्त्री रहने प्रावधान छ । यसअघि रत्नपार्कस्थित प्राधिकरण मुख्यालयमा अध्यक्षको कार्यकक्ष थिएन । कार्यकक्ष बनेको भोलिपल्टै ऊर्जामन्त्री खड्का पुगेर कुर्सीमा बसेका हुन् ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ जिल्लाबाहिर गएका बेला त्यहाँ रातारात कार्यकक्ष बनाइएको हो । सञ्चारकर्मीहरुसँग कुरा गर्दै खड्काले प्राधिकरणमा आउँदा बस्ने ठाउँसम्म नभएका कारण कार्यकक्ष बनाउन आवश्यक भएकाले बनाइएको बताए ।

उनले भने, ‘प्राधिकरणका अध्यक्षको हैसियतले कार्यकक्ष बनाउन लगाएको र यहाँ आउँदा बस्ने ठाउँसम्म नभएका कारण आवश्यक थियो ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *