एडीबी-नेपालबीच पाँच दशक लामो साझेदारीको अवसरमा साताव्यापी फोटो प्रदर्शनी

news-details

नेपाल सरकार र एशियाली विकास बैंक (ADB) बीच ऊर्जा क्षेत्रको विकासमा भएको पाँच दशक लामो साझेदारीको अवसरमा आयोजित साताव्यापी फोटो प्रदर्शनी नेपाल कला परिषद्, बबरमहलमा मंसिर १८ देखि २४ गतेसम्म चलिरहेको छ। यो कार्यक्रम फोटो पत्रकार क्लब नेपालको सहकार्यमा आयोजना गरिएको हो।

कार्यक्रमको औपचारिक उद्घाटन ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पुर्ण बहादुर तामाङ्ग, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक  कुलमान घिसिङ, एडीबी नेपाल निवासी मिसनका देशीय निर्देशक अर्नोड काउचोइस र नेपालस्थित नर्वे राजदूतावासका डिप्टी हेड अफ मिसन तथा मन्त्री परिषद सदस्य क्रिस्टिन हाउग स्टोर्होल्टज्यूद्वारा गरिएको थियो।

प्रदर्शनीले नेपाल सरकार र एडीबीबीच ऊर्जा क्षेत्रमा भएको पाँच दशकको साझेदारीको क्रममा गरिएको कार्यलाई प्रत्यक्ष रूपमा दृश्यात्मक रूपमा अनुभव गराउने उद्देश्य राखेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री तामाङ्गले नेपालको ऊर्जा क्षेत्रमा एडीबीले पुर्‍याएको योगदानप्रति धन्यवाद ज्ञापन गरे। उनले भने, “हालसालै यस क्षेत्रमा धेरै सकारात्मक कार्यहरू भएका छन्। हाम्रो देशको ऊर्जा क्षेत्र सुधार गर्न बैंकले गरेको कार्यप्रति हामी आभारी छौं।”

यस्तै गरी, देशीय निर्देशक काउचोइसले विद्युत् उत्पादन, प्रसारण, वितरण, ऊर्जा आत्मनिर्भरता र निर्यात सम्भावना बढाउन नेपाल सरकारसँगको साझेदारीबारे विस्तृतमा चर्चा गरे।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विशेषगरी ठूला जलविद्युत् परियोजनाहरू र वैकल्पिक नवीकरणीय ऊर्जा पहलहरूमा बैंकले पुर्‍याएको सहयोगको महत्वमा जोड दिए। उनले बैंकलाई धन्यवाद दिंदै साझेदारी अझ बलियो बन्ने आशा व्यक्त गरे।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *