पूर्वप्रधानमन्त्री खनाल र चीनका उपप्रधानमन्त्रीबीच वीआरआईबारे छलफल

news-details

साताव्यापी चीन भ्रमणका रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता कमरेड झलनाथ खनालले जनवादी गणतन्त्र चीनका उपप्रधानमन्त्री दिङ छुएश्याङसँग भेटवार्ता गरेका छन् ।

बेइजिङ स्थित ग्रेट हल अफ द पिपलमा भएको उक्त छलफल तथा भेटवार्ता कार्यक्रममा व्यापक सुधार र खुला समाजवादी आधुनिकरणको सन्दर्भमा छलफल भएको हो । छलफलमा नेपाल, पाकिस्तान, इजिप्ट, बेल्जियम, अष्ट्रेलियालगायत देशका पूर्वप्रधानमन्त्री साथै इथियोपियाका पूर्वराष्ट्रपति र विभिन्न मुलुकका बरिष्ठ राजनीतिक नेताहरू सहभागी थिएन ।

उक्त छलफलमा पूर्वप्रधानमन्त्री खनालले उपप्रधानमन्त्री दिङ छुएश्याङसँग बेल्ट एन रोड इनिसिएटिभ (विआरआई)को सिलसिलामा अगाडि सारिएको नेपाल र चीनबीच रेलवे निर्माणसहितको ट्रान्स हिमालयन कनेक्टिभिटी निर्माण गर्ने सन्दर्भमा महत्वपूर्ण छलफल गरे ।

करिब तीन घण्टा चलेको सामूहिक छलफलको अन्त्यमा उपप्रधानमन्त्री छुएश्याङले चीनमा समाजवादी व्यवस्थाभित्र सुधारको प्रक्रिया किन सुरु भयो र यो ४६ वर्षमा सुधारको प्रक्रियाले कसरी समृद्धितर्फ अगाडि बढायो भन्ने बारेमा विस्तृत प्रकाश पारे ।

साथै उनले खुलापनको नीतिले चीनको आन्तरिक विकासको साथसाथै चीनको सम्पर्क, सम्बन्ध, सहयोग र विकासका प्रक्रियालाई कसरी विश्वव्यापी रुपमा विस्तार गर्न मद्दत गर्यो र चीनको यो खुलापनको नीतिले विश्वलाई चीनको बारेमा जान्न र चीनलाई विश्वको कुरालाई जान्न अभुतपुर्व मद्दत पुगेको कुरा छलफलको क्रममा बताए ।

चिनियाँ उपप्रधानमन्त्रीले खुलापन र सुधारको नीति र आधुनिकीकरणको प्रक्रियाबाट चीनले हाई क्वालिटी डेभलपमेन्टलाई पु¥याइरहेको असाधारण महत्वको बारेमा विस्तारपूर्वक प्रकाश पारे । साथै विश्वव्यापी शान्तिको बारेमा समेत चीनको धारणा राखे ।

सम्मानित नेता खनाल सोमबार नै चाइना इन्स्टिच्युट फर इनोभेसन एण्ड डेभलपमेन्ट स्ट्राटेजी, चाइनिज पिपुल्स इन्स्टिच्युट अफ फॉरेन अफेयर्स र ग्वाङ्झाउ प्रान्तिय जनसरकारको संयुक्त आयोजनामा ग्वाङ्झाउमा आयोजित अन्डरस्ट्यान्डिङ चाइना कन्फरेन्समा सहभागी हुन ग्वाङ्झाउ पुग्नुभएको उनीसँगै भ्रमणमा रहेका विदेश विभाग सचिव डा शंकर खतिवडाले जानकारी दिए ।

डा.खतिवडाको अनुसार पूर्व प्रधानमन्त्री खनालले मंगलबार उक्त कन्फरेन्सको दोस्रो प्लेनरि सेसनलाई प्रमुख वक्ताको रूपमा सम्बोधन गर्नेछन् । उक्त प्लेनरि सेसनको शिर्षक ‘चीनको सुधारलाई अझ गहिरो बनाउने विषयको अर्थ, सम्भावना र अवसरहरू रहेको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *