एनपीएल : सुदूरपश्चिमको बिजयी शुरुवात, विराटनगरको लगातार दोस्रो हार
- मंसिर १८, २०८१
- 0
नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भएको पहिलो खेलमा विराटनगर किङ्स ९२ रनमा अलआउट भएका छन् ।
विराटनगर किङ्सले १६.१ ओभरको खेलमा १० विकेट गुमाएर ९२ रन मात्र बनाएका हुन् । सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई ९० रनले पराजित गरेको हो । यो विराटनगरको लगातार दोस्रो हार हो । विराटनगरले पहिलो खेलमा जनकपुरसँग ८ विकेटको हार बेहोरेको थियो ।
सुदूरपश्चिमले विराटनगरलाई १ सय ८३ रनको लक्ष्य दिएको थियो । सुदूरपश्चिम रोयल्सले २० ओभरको खेलमा ७ विकेट गुमाएर १ सय ८३ रनको लक्ष्य दिएको थियो ।
सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले ५७ रनको योगदान दिएका थिए । विराटनगरका कप्तान तथा मार्की खेलाडी सन्दीप लामिछाने हुन् भने सुदूरपश्चिमका मार्की खेलाडी र कप्तान दिपेन्द्रसिंह ऐरी हुन् ।
0 प्रतिक्रिया
प्राधिकरणमा आउँदा बस्ने ठाउँसम्म नभएका कारण कार्यकक्ष बनाउन आवश्यक थियो : मन्त्री खड्का
रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको प्रधान कार्यालयमा तयार प्राधिकरणको कार्यकक्षमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले कार्यभार सम्हालेका छन् । […]
नेपाल र चीनबीच बिआरआई फ्रेमवर्कमा हस्ताक्षर
नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड (बीआरआई) सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ। बुधबार नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका […]
चितवनमा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप
चितवनमा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडपचितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका […]
अपाङ्गता जस्तो संवेदनशिल विषयलाई राष्ट्रले नै आत्मसाथ गर्न सकेको छैन् : सभामुख घिमिरे
सभामुख देबराज घिमिरेले अपाङ्गता जस्तो संवेदनशिल विषयलाई राष्ट्रले नै आत्मसाथ गर्न नसकेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित अपाङ्गता भएका […]
एनपिएल : काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई हरायो
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौं गुर्खाजले कर्णाली याक्समाथि रोमाञ्चक जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा […]