रवि लामिछानेलाई बयानको लागि चितवन लगियो
- मंसिर १८, २०८१
- 0
सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चितवन लगिएको छ ।
लामिछानेलाई बुद्ध एयरको पहिलो उडानमार्फत काठमाडौँबाट चितवन ल्याइएको हो । साहरा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मंसिर ५ गते पूरक निवेदन दर्ता भएपछि बयानको लागि काठमाडौँबाट लामिछानेलाई सिधै चितवन ल्याइएको हो ।
कडा सुरक्षा व्यवस्थाकाबीच लामिछानेलाई एयरपोर्टबाट जिल्ला प्रहरी कार्यालय चितवन लगिएको छ ।
चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रहरीले जिल्ला प्रहरी कार्यालयमा बयानका लागि आवश्यक कागजात मिलाएपछि सरकारी वकिल कार्यालयमा लगिने जनाइएको छ ।
0 प्रतिक्रिया
सेयर बजारमा गिरावट, कारोबार रकम भने बढ्यो
बुधबार, सेयर बजारको परिसूचक नेप्से २४.९७ अंक घटेर २७५० अंकमा कायम भएको छ । यस गिरावटसँगै बजारको कारोबार रकम भने […]
मुलुकमा फेरि नयाँ क्रान्ति आवश्यक भएको छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले फेरि एकपटक नयाँ क्रान्ति आवश्यक भएको बताएका छन् । गणतन्त्र सेनानी कोषले […]
प्राधिकरणमा आउँदा बस्ने ठाउँसम्म नभएका कारण कार्यकक्ष बनाउन आवश्यक थियो : मन्त्री खड्का
रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको प्रधान कार्यालयमा तयार प्राधिकरणको कार्यकक्षमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले कार्यभार सम्हालेका छन् । […]
नेपाल र चीनबीच बिआरआई फ्रेमवर्कमा हस्ताक्षर
नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड (बीआरआई) सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ। बुधबार नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका […]
चितवनमा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप
चितवनमा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडपचितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका […]