भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज स्वदेश फर्कदै
- मंसिर ९, २०८१
- 0
नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज स्वदेश फर्किँदै छन् ।
गत बुधबार पाँच दिने औपचारिक भ्रमणमा नेपाल आएका द्विवेदी आज स्वदेश फर्किन लागेका हुन् ।
बुधबार काठमाडौं आएका द्विवेदीले सोही दिन पशुपतिनाथको दर्शन गरेका थिए ।
बिहीबार नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्राप्त गरेका द्विवेदीले सोही दिन प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका थिए भने बिहीबार नै उनले हनुमान ढोका दरबार क्षेत्रको अवलोकनसमेत गरेका थिए ।
शुक्रबार उनले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री मानवीर राईसँग औपचारिक भेटवार्ता गरे ।
0 प्रतिक्रिया
काठमाडौं उपत्यकको फोहोर व्यवस्थापनमा राजनीति नगरौं : मन्त्री सिंह
उपपधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा राजनीतिकरण गर्न नहुने बताएका छन् । आइतबार सिंहदरबारमा फोहोरमैला […]
सिड्नीमा नेपाल फेस्टिभल, हजारौंको सहभागिता
अष्ट्रेलियाको सिड्नीमा भएको नेपाल फेस्टिभल सिड्नी २०२४ मा उत्साहजनक सहभागिता भएको छ । शनिबार डार्लिङ हार्बरको टम्बलङ पार्कमा भएको फेस्टिभलमा […]
सिनामंगलस्थित होटलमा युवायुवती झुण्डिएको अवस्थामा मृत फेला
काठमाडौंको सिनामंगलस्थित एक होटलमा युवायुवती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । एउटै कोठामा मृत हुनेहरूमा सुनसरी दुहवीका ३४ वर्षीय […]
भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज स्वदेश फर्कदै
नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज स्वदेश फर्किँदै छन् । गत बुधबार पाँच दिने औपचारिक भ्रमणमा नेपाल […]
राष्ट्रिय गौरवका आयोजनाहरूमा प्रधानमन्त्री ओलीको चासो, आज ब्रिफिङ लिँदै
प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिँदै छन् । आइतबार राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिन […]