दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
- मंसिर ५, २०८१
- 0
काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलास उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
मंगलबार भक्तपुरस्थित निवासबाटै पक्राउ परेका उनलाई प्रहरीले बुधबार कार्यालय खुलेसँगै अदालतमा पेस गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भिडियो सन्देशमार्फत ‘विवादास्पद अभिव्यक्ति’ दिएर साइबर अपराध गरेको उनीमाथि अभियोग छ । प्रसाईं विरुद्ध जिल्ला अदालतबाट साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ पूर्जी जारी भएसँगै पक्राउ गरिएको हो ।
0 प्रतिक्रिया
आन्तरिक श्रोतको प्रभावकारी परिचालन अपरिहार्यः ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कुनै पनि मुलुकको दिगो विकासको लागि आन्तरिक श्रोतको प्रभावकारी परिचालन अपरिहार्य रहेको […]
विश्व बाल दिवसको अवसर पारेर मन्त्री पौडेलद्धारा बाल क्यान्सर नि:शुल्क सेवाको सुभारम्भ
भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर निःशुल्क सेवाको समुद्घाटन गरिएको छ । बुधबार विश्व बाल दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या […]
चौबिस घण्टाभित्र भाडादर बुझाउन अन्तराष्ट्र्रिय उडान भर्ने हवाइ कम्पनीहरुलाई पर्यटनमन्त्रीको निर्देशन
संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तराष्ट्र्रिय उडान भर्ने हवाइ कम्पनीहरुलाई २४ घण्टाभित्र हवाइ भाडादर उपलब्ध गराउन निर्देशन दिएका […]
लोकतन्त्रप्रति भरोसा जगाउन शासन प्रणाली पारदर्शी, जवाबदेही र सुशासन अनिवार्य : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले समाजमा पछाडि परेका क्षेत्र र वर्गको हित अनि आम नागरिकको जीवनस्तर सुधार गरेर यही व्यवस्थामा मात्रै मेरो […]
सहकारी पीडित र प्रहरीबीच माइतीघरमा झडप
बचत फिर्ताको माग गर्दै आन्दोनरत सहकारी पीडित र प्रहरीबीच काठमाडौंको माइतीघर मण्डलामा झडप भएको छ । प्रदर्शनमा उत्रिएका सहकारी पीडितले […]