आजको मौसम : केही भू-भागमा वर्षाको सम्भावना
- मंसिर ४, २०८१
- 0
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।
कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
0 प्रतिक्रिया
युक्रेनलाई रुसविरुद्ध लामो दूरीको क्षेप्यास्त्र प्रयोग गर्न बाइडेनको स्वीकृतिसँगै विश्वभर तरंग
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र प्रहार गर्न अनुमति दिएपछि विश्वभर यसको तरंग उत्पन्न भएको छ । कार्यकाल […]
राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदर […]
आज विश्व शौचालय दिवस
आज विश्व शौचालय दिवस । संयुक्त राष्ट्र संघले १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको रुपमा मनाउँदै आएको छ । यस वर्ष […]
माओवादी पदाधिकारी बैठक आज बस्दै
नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ । सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक […]
उप–निर्वाचन : उमेदवारको नामावली प्रकाशन आज
स्थानीय तह उप–निर्वाचनअन्तर्गत आज उमेदवारको नामावली प्रकाशन हुनेछ । निर्वाचन कार्यतालिका अनुसार आज साँझ ५ देखि ६ बजेसम्म उमेदवारको नामावली […]