पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर सानोगौचरणमा श्रद्धाञ्जलीका लागि राखिँदै, आजै अन्त्येष्टि गरिँदै
- मंसिर ३, २०८१
- 0
पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ ।
आज बिहान ११ बजेदेखि सानो गौचरणमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरु पुगेर ढुङ्गानाति श्रद्धाञ्जली प्रकट गर्ने छन् ।
कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।
ढुंगानाको अन्त्येष्टि आजै गरिँदै छ । कान्छो छोरा निमेष लण्डनमा रहेकाले र उनी आएपछि आज अन्त्येष्टि गरिने बताइएको छ ।
0 प्रतिक्रिया
योजना आयोगको रणनीति नै कमजोर छ : अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले स्तर उन्नतिबाट फाइदा लिनेगरी योजना आयोगले बनाएको रणनीति नै कमजोर रहेको बताएका छन् […]
पूर्वसभामुुख ढुुङ्गानाको पार्थिव शरीरमा प्रधानमन्त्री ओलीले ओडाए राष्ट्रिय झण्डा
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका दिवंगत पूर्वसभामुुख दमननाथ ढुुङ्गानाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाइ अन्तिम सम्मान गरेका छन् । ढुुङ्गानालाई […]
पूर्वसभामुख ढुंगानाको निधनमा राष्ट्रिय शोक, आज सार्वजनिक बिदा दिने सरकारको निर्णय
सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । सोमबार विहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ढुंगानाको निधनमा […]
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्ने भएको छ । सोमबार पूर्व सभामुख दमननाथ ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव […]
आज उमेदवारको विरोधमा उजुरी दिन सकिने
स्थानीय तह उप–निर्वाचनअन्तर्गत आज उमेदवारको विरोधमा उजुरी दिन सकिने छ । निर्वाचन कार्यतालिका अनुसार बिहान १० देखि अपराह्न ३ बजेसम्म […]