चैनपुर–ललितपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना हुँदै

news-details

पुर्वी जिल्ला संखुवासभाको चैनपुर नगरपालिका र ललितपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना हुने भएको छ ।

ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जन र चैनपुर नगरपालिका उपमेयर एलिना श्रेष्ठबीच भएको पछिल्लो भेटवार्ताले दुवै नगरपालिकाबीचको भगिनी सम्बन्ध स्थापनाका लागि अन्तिम चरणमा पुगेको बताइएको छ ।

ऐतिहाँसिक ललितपुर महानगरपालिका र चैनपुर नगरपालिकाबीच धेरै समानता रहेकोले भगिनी सम्बन्धका लागि दुवै नगरपालिकाले आन्तरिक गृहकार्य गरिरहेको र अव चाँडै दुईतर्फी हस्ताक्षर हुने तयारीमा रहेको जनाइएको छ ।

चैनपुर नगरपालिकालाई थप चिनाउन र सम्बृद्धिको यात्रामा इंटा थप्नका लागि भर्खरै स्थापना भएको ‘चैनपुर सम्पदा संरक्षण परिषदले’ दुई नगरपालिकालाई जोड्न लागेको हो ।

पटक पटकको छलफल र भेटघाटपछि ललितपुर महानगरपालिका चैनपुरसँग सम्बन्ध गाँस्नका लागि तयार रहेको चैनपुर सम्पदा संरक्षण परिषदका संयोजक निराकर श्रेष्ठले जानकारी दिए ।

ललितपुरका मेयर महर्जनसँगको भेटवार्तामा चैनपुर नगरपालिका उपमेयर श्रेष्ठ, ६ वडा अध्यक्ष शिखर शर्मा, काठमाडौमा बस्ने डा. रमेश ढुंगेल, निराकार श्रेष्ठ र स्लोभानियका कन्सुलेट जनरल आश्विन कुमार श्रेष्ठ रहेका थिए ।

चैनपुर नगरपालिकामा जन्मिएर काठमाडौंमा बसोवार गर्नेहरुले ‘थिंकट्यांक’ कारुपमा गठन भएको चैनपुर सम्पदा संरक्षण परिषदले चैनपुरको श्रीबृद्धिका लागि काम गर्न जुटेको संयोजक श्रेष्ठले बताए ।

काठमाडौंमा बस्ने चैनपुरबासीलाई समेटेर अझ स्तरीय परिषद् स्थापना गर्ने लक्ष्य रहेको श्रेष्ठको भनाई छ । चैनपुरमा रहेको विश्वकै सबैभन्दा ठूलो करुवालाई गिनिज रेकर्ड बुकमा नाम लेखाउनका लागि पहल गरिने समेत श्रेष्ठ बताउँछन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *