आज राष्ट्रिय कर दिवस, यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता
रेमिट्यान्सतर्फ सबैभन्दा बढी कर तिर्ने कम्पनी बन्यो सिटी एक्सप्रेस
- मंसिर १, २०८१
- 0
राष्ट्रिय कर दिवस, कर प्रणालीको सार, नेपालको आधार’ भन्ने नाराका साथ मनाइँदैछ ।
२०५४ मंसिर १ मा नेपालमा मुल्य अभिवृद्धि कर लागु भएको थियो । सोही आधारमा नेपाल सरकारले मंसिर १ लाई कर दिवसको रुपमा मनाउँदै आएको छ । आन्तरिक राजस्व विभागले नेपालमा आन्तरिकरूपमा परिचालन हुने प्रमुख करहरू आयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कलगायत कर प्रशासन सञ्चालन गर्दै आएको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा कुल राजस्व १० खर्ब ५८ अर्ब असुली भएकोमा आन्तरिक राजस्व विभागको योगदान ५ खर्ब ३३ अर्ब छ। जुन कुल राजस्व असुलीको करिब ७८.६५ प्रतिशत हो।
दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो एवं दिगो कर आधारसहितको सबल, सक्षम, पारदर्शी र लगानीमैत्री कर प्रणालीमार्फत आर्थिक सामाजिक विकास गरी सुखी नेपाली र समृद्ध नेपालको आकांक्षा पूरा गर्नु अपरिहार्य रहेको बताएका छन्। अर्थमन्त्री विष्णु पौडेलले राजस्वको दायरा विस्तार गरि कर सहभागिता वृद्धि गर्न, कर संकलन लागत घटाउन र कर चुहावट नियन्त्रण गर्न अझै सुधारको आवश्यकता रहेको धारणा राखेका छन्।
यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता
गत आर्थिक वर्षमा विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मान गरेका हुन्।
सरकारले मूल्य अभिवृद्धि कर ऐन २०५२ लागु भएको दिन २०५४ मंसिर १ को आधारमा २०६९ सालदेखि कर दिवस मनाउदै आएको छ। यस दिन करदातालाई प्रोत्साहन गर्न उत्कृष्ठ कर तिर्ने करदातालाई सम्मानसमेत गरिने गरेको छ।
यी हुन् १६ विधामा उत्कृष्ठ कर तिर्ने करदाता
सबैभन्दा बढी आयकर तिर्ने निकायतर्फ : नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) निकाय
एकलौटी फर्महरुतर्फ : सुर्ति ट्रेडर्स
सूचना प्रविधितर्फ : कोडावतार टेक प्रालि
निर्यात कारोबार : डाबर नेपाल प्रालि
कृषि एवम् पशुजन्य : पतञ्जली आयुर्वेद प्रालि
बैंक तथा वित्तीय संस्था : नबिल बैंक लिमिटेड
स्वास्थ तथा शिक्षा : लुम्बिनी मेडिकल कलेज
पर्यटन : तारागाउँ रिजेन्सी
वस्तु व्यापार :भाटभटेनी सुपरमार्केट
मध्यस्तरीय करदाता स् सिडियस एण्ड क्लियरिङ् लिमिटेड
ऊर्जा : भोटेकोसी पावर कम्पनी
रेमिटेन्स : सिटी एक्सप्रेस
व्यक्तिगत आयकर: राजबहादुर साह
मूअक समयमा तिर्नेमध्ये :होङ्सी सिमेन्ट
५० करोड भन्दा धेरै कारोबार गर्नेमध्ये : सोल्टी होटेल
विशेष उद्योग :वरुण वेभरेज प्राली