दार्चुला जीप दुर्घटना अपडेट : मृतकको संख्या आठ पुग्यो
- कार्तिक ३०, २०८१
- 0
शुक्रबार बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
शुक्रबार बिहानसम्म घटनास्थलबाट ६ जनाको शव संकलन गरिएकोमा अस्पताल पुर्याएका थप २ जनाको पनि मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
दुर्घटनामा जीप चालक मालिकार्जुन गाउँपालिका ८ पस्तीका ३० वर्षीय सुनिल जोशीसहितका ५ जना घाइते भएका छन् । शुक्रबार बिहान ४ बजेतिर मालिकार्जुन धामबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जीप दुर्घटनामा परेको थियो ।
ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सबै मृतकको सनाखत भएको जनाएको छ । मृतकमध्ये २ भारतीय नागरिक, २ जना बैतडीको डिलासैनी गाउँपालिका र अन्य ४ जना शैल्यशिखर नगरपालिकाका छन् ।
0 प्रतिक्रिया
प्रधानमन्त्री पद छाड्दा कम्फर्टेवल र रिल्याक्स अनुभव गरेको छु : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री छाड्नुपर्दा कुनै चिन्ता र पीडा नभएको बताएका छन् । शुक्रबार नेपाल […]
‘सरकारले धेरै रेमिट्यान्स भित्र्याउनेलाई सम्मान गर्नुपर्छ’ अध्यक्ष चम्लागाई
कतार बिजनेस एसोसियसन कतारका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाईंले देशमा रेमिट्यान्स भित्र्याउनेलाई सरकारले सम्मान गर्नुपर्ने बताएका छन् । उनले स्वदेशमा बर्षभरी धेरै […]
रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो
पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगिएको छ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सभापति लामिछानेलाई पोखरा लगिएको […]
नेपालबाट पहिलोपटक बंगलादेशमा बिजुली निर्यात सुरु, आज ४० मेगावाट पठाइयो
नेपालबाट पहिलोपटक बंगलादेशमा बिजुली निर्यात गरिएको छ । नेपाल, भारत र बंगलादेशका मन्त्रीहरूको भर्चुअल उपस्थितिमा विद्युत् निर्यात भएको हो । […]
सांसद बजगाईंले कुप्रचार गरेको भन्दै मन्त्री पाण्डेले दिए उजुरी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली काँग्रेसमा सहमहामन्त्री बद्री पाण्डेले नेपाली काँग्रेसकै सांसद राजेन्द्र बजगाईंले शृङ्खलबद्ध रुपमा आफू विरुद्ध […]