काठमाडौं बन्यो विश्वकै छैटौं प्रदूषित सहर
- कार्तिक २९, २०८१
- 0
काठमाडौं विश्वकै छैटौं प्रदूषित सहर बनेको छ । स्विटजरल्याण्ड मुख्यालय रहेको आईक्यूएअरका अनुसार काठमाडौंको प्रदूषण बिहीबार बिहान १ सय ७० एक्यूआई मापन गरिएको छ ।
विज्ञका अनुसार यो सूचकांक १०० देखि माथि पुग्नु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यस्तो वायुमा धेरै समय बिताए स्वास्थ्यमा प्रतिकूल असर देखाउन सक्छ ।
आईक्यू एअरका अनुसार पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा छ । लाहोरको प्रदूषण मापन ७५५ मापन गरिएको छ । उता, भारतको नयाँ दिल्ली दोस्रो स्थानमा रहेको छ । त्यहाँ एक्यूआई ४२४ मापन गरिएको छ ।
तेस्रो स्थानमा भियतनामको हानोई, चौथो र पाँचौँ स्थानमा भारतको कोलकाता र बंगलादेशको ढाका सहर छन् ।
0 प्रतिक्रिया
कार्यान्वयनको दस वर्षपछि संविधानमाथि समीक्षा हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको दस वर्ष पुगेपछि संविधानमाथि समीक्षा र मूल्याकंन हुने बताएका छन् । कान्तिपुर कन्क्लेभ २०२४ को […]
भारतले दियो बंगलादेशमा विद्युत् निर्यातको सहमति, शुक्रबार ४० मेगावाट विद्युत् निर्यात हुने
भारतको केन्द्रीय विद्युत् नियमन आयोग (सीईआरसी) ले नेपाललाई बंगलादेशमा विद्युत् निर्यात गर्न अनुमति दिएको छ । भारतको अनुमतिसँगै शुक्रबारदेखि नेपालको […]
‘पीएनओ’ अर्थात नेपाली मुलका नेपालीले खोजेका कुरा
बर्मा अथवा म्यानमार नेपालीहरु देशभन्दा बाहिर जान थालेको पुरानो देशमा पर्दछ । पहिलो विश्वयुद्धभन्दा अघि नै यहाँ नेपालीहरु पुगिसकेका थिए […]
सातै प्रदेशमा फिस्टुला रोगको नि:शुल्क उपचारको तयारी
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा फिस्टुला रोगको निशुल्क उपचार गर्नेे व्यवस्थाको लागि पहल गरिरहेको बताएका छन् । बिहीबार […]
डिजिटल नेपालको पोलिसी कार्यान्वयन गर्न आइटी क्षेत्रमा बजेट छैन : सञ्चारमन्त्रीे
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले सूचना प्रविधि दशक घोषणा गरेपछि बजेटमा कार्यान्वयन नभएको बताएका छन् । बिहीवार काठमाडौंमा […]