कोरियाका राजदूत र नेता खनालबीच भेट, आर्थिक विकासबारे छलफल
- कार्तिक २९, २०८१
- 0
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले खनाल निवास डल्लुमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटका क्रममा पूर्वप्रधानमन्त्री खनालले राजदुतलाई नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको पचासौं वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाल र कोरिया बीचमा धेरै लामो कालदेखि समधुर सम्बन्ध रहेको र द्विपक्षीय सम्बन्ध अझै बिकास हुने विश्वास व्यक्त गरे ।
राजदूत ताइयोङले पनि नेपालको आर्थिक विकासमा कोरियाको सधैं सकरात्मक सहयोग रहेको र विशेषगरी हरित आर्थिक गतिविधिमा पनि कोरियन सरकार नेपाललाई सहयोग गर्न इच्छुक रहेको बताए । भेटमा दुई देश वीचको आपसी हित एवं चासोको विषयमा लामो कुराकानी भएको थियो ।
0 प्रतिक्रिया
कार्यान्वयनको दस वर्षपछि संविधानमाथि समीक्षा हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको दस वर्ष पुगेपछि संविधानमाथि समीक्षा र मूल्याकंन हुने बताएका छन् । कान्तिपुर कन्क्लेभ २०२४ को […]
भारतले दियो बंगलादेशमा विद्युत् निर्यातको सहमति, शुक्रबार ४० मेगावाट विद्युत् निर्यात हुने
भारतको केन्द्रीय विद्युत् नियमन आयोग (सीईआरसी) ले नेपाललाई बंगलादेशमा विद्युत् निर्यात गर्न अनुमति दिएको छ । भारतको अनुमतिसँगै शुक्रबारदेखि नेपालको […]
‘पीएनओ’ अर्थात नेपाली मुलका नेपालीले खोजेका कुरा
बर्मा अथवा म्यानमार नेपालीहरु देशभन्दा बाहिर जान थालेको पुरानो देशमा पर्दछ । पहिलो विश्वयुद्धभन्दा अघि नै यहाँ नेपालीहरु पुगिसकेका थिए […]
सातै प्रदेशमा फिस्टुला रोगको नि:शुल्क उपचारको तयारी
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा फिस्टुला रोगको निशुल्क उपचार गर्नेे व्यवस्थाको लागि पहल गरिरहेको बताएका छन् । बिहीबार […]
डिजिटल नेपालको पोलिसी कार्यान्वयन गर्न आइटी क्षेत्रमा बजेट छैन : सञ्चारमन्त्रीे
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले सूचना प्रविधि दशक घोषणा गरेपछि बजेटमा कार्यान्वयन नभएको बताएका छन् । बिहीवार काठमाडौंमा […]