आजको मौसमः देशका अधिकांश भू-भागमा मौसम सफा रहने
- कार्तिक २८, २०८१
- 0
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा भने मौसम सफा नै रहेको छ ।
यस्तै,आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।
0 प्रतिक्रिया
काठमाडौं बन्यो विश्वकै छैटौं प्रदूषित सहर
काठमाडौं विश्वकै छैटौं प्रदूषित सहर बनेको छ । स्विटजरल्याण्ड मुख्यालय रहेको आईक्यूएअरका अनुसार काठमाडौंको प्रदूषण बिहीबार बिहान १ सय ७० […]
कोरियाका राजदूत र नेता खनालबीच भेट, आर्थिक विकासबारे छलफल
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले खनाल निवास डल्लुमा शिष्टाचार […]
डोनाल्ड ट्रम्प र जो बाइडेनबीच भेटवार्ता
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ । नेपाली समय अनुसार गएराति भएको भेटवार्तामा […]
कर्मचारी महासंघद्वारा बाढीपहिरो पीडितका लागि पौने आठ लाख सहयोग
नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी महासंघले बाढीपहिरो पीडितका लागि पौने आठ लाखभन्दा बढी सहयोग हस्तान्तरण गरेको छ । महासंघले […]
धितोपत्र बोर्डको अध्यक्षको अन्तरवार्ता मंसिर ९ मा हुने
अर्थ मन्त्रालयले धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि तीनलाई अन्तरवार्तामा बोलाइएको छ। सर्ट लिस्टमा परेका नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर […]