सरकारी वकिलको कार्यालयमा रवि लामिछानेको बयान चल्दै, बाहिर सहकारी पीडितको प्रर्दशन
- कार्तिक २७, २०८१
- 0
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान चलिरहँदा बाहिर सहकारी पीडितहरूले प्रदर्शन सुरु गरेका छन् । बुटवलको सुप्रिम सहकारीका पीडितले भैरहवाको बर्मलि टोलमा प्रदर्शन गरेका हुन् ।
रकम फिर्ता गर, दोषीलाई कारबाही गर जस्ता नारा लगाएर सहकारी पीडितले आन्दोलन थालेका हुन् । सहकारी पीडित संघर्ष समिति संयोजक विजय नेपालले पीडितहरूको आन्दोलन जारी रहेको बताए । उनले राज्यले जो दोषी भएपनि कारबाही गर्नुपर्ने बताए ।
बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
0 प्रतिक्रिया
काठमाडौं बन्यो विश्वकै छैटौं प्रदूषित सहर
काठमाडौं विश्वकै छैटौं प्रदूषित सहर बनेको छ । स्विटजरल्याण्ड मुख्यालय रहेको आईक्यूएअरका अनुसार काठमाडौंको प्रदूषण बिहीबार बिहान १ सय ७० […]
कोरियाका राजदूत र नेता खनालबीच भेट, आर्थिक विकासबारे छलफल
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले खनाल निवास डल्लुमा शिष्टाचार […]
डोनाल्ड ट्रम्प र जो बाइडेनबीच भेटवार्ता
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ । नेपाली समय अनुसार गएराति भएको भेटवार्तामा […]
कर्मचारी महासंघद्वारा बाढीपहिरो पीडितका लागि पौने आठ लाख सहयोग
नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी महासंघले बाढीपहिरो पीडितका लागि पौने आठ लाखभन्दा बढी सहयोग हस्तान्तरण गरेको छ । महासंघले […]
धितोपत्र बोर्डको अध्यक्षको अन्तरवार्ता मंसिर ९ मा हुने
अर्थ मन्त्रालयले धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि तीनलाई अन्तरवार्तामा बोलाइएको छ। सर्ट लिस्टमा परेका नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर […]