मौसम पूर्वानुमान : यी चार प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना
- कार्तिक २३, २०८१
- 0
देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
विभागले दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।
विभागका अनुसार राति देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।
0 प्रतिक्रिया
सर्वोच्च अदालतको न्यायाधीशमा निरौला र पाण्डे अनुमोदित
सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डे अनुमोदित भएका छन् । संसदीय सुनुवाइ समितिको शुक्रबारको बैठकले न्यायाधीशमा सिफारिस भएका […]
पाथीभरामा केवलकार बनाउने विषयमा दुई पक्षबीच झडप
प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषयमा दुई पक्षबीच भडप भएको छ । आज केबलकार निर्माणको शिलान्यासका क्रममा केबलकार बनाउने र […]
हवाई टिकटको कृतिम अभाव : परराष्ट्र, श्रम र पर्यटन मन्त्री समक्ष रोजगार व्यवसायीको ध्यानाकर्षण
वैदेशिक रोजगार व्यवसायीहरुले पछिल्लो समयमा हवाई टिकटको कृतिम अभाव तथा चर्को मुल्य बृद्धि भएपछि वैदेशिक रोजगारमा जाने कामदारलाई प्रत्यक्ष मार […]
फैसलाको पूर्णपाठ लिखित रुपमा आएपछि आफैँ अदालतमा आउँछु : सांसद मनाङ्गे
गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गे) ले सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा आफैँ उपस्थित […]
पर्यटन बोर्डको नेतृत्वमा लन्डनको डब्लयूटीएममा नेपालको सहभागिता
नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालले लन्डनमा आयोजना गरिएको ‘वल्र्ड ट्राभल मार्केट २०२४’ (डब्ल्यूटीएम) मा सहभागिता जनाएको छ । कार्तिक २० […]