भिजिबिलिटी कमजोर हुँदा हवाई उडान प्रभावित
- कार्तिक १९, २०८१
- 0
प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि काठमाडौंसहित देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार लुक्ला गन्तव्यमा बाक्लो तुवालोका कारण हवाई उडान हुन सकेको छैन भने अन्य दुर्गम क्षेत्रका विमानस्थलमा पनि भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित भएको छ ।
काठमाडौं विमानस्थलमा आन्तरिकतर्फ इन्स्ट्रयुमेन्ट फ्लाइट रुल्स –आइएफआरं उडान मात्र भइरहेको छ । मौसमका कारण भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान हुन नसकेकाले उडान प्रभावित हुँदा गन्तव्यमा हिँडेका उल्लेख्य संख्यामा पर्यटक अलपत्र परेको विमानस्थल कार्यालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान सामान्य प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान समान्य रूपमा सञ्चालन भइरहेको छ ।
0 प्रतिक्रिया
अमेरिकामा राष्ट्रपतीय निर्वाचन आज
विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुँदैछ । अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी […]
विश्वकप लिग–टू : वर्षाका कारण अवरुद्ध खेलमा नेपाल र स्कटल्यान्डले अंक बाँडे
नेपालले आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन टूको खेलमा स्कटल्यान्डसँग अङ्क बाँडेका छ । सोमबार भएको खेलमा नेपालले ६ ओभरमा २६ […]
चिसो ह्वात्तै बढ्यो : उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमवातको सम्भावना
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका […]
भिजिबिलिटी कमजोर हुँदा हवाई उडान प्रभावित
प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि काठमाडौंसहित देशका विभिन्न दुर्गम क्षेत्रका […]
रवि लामिछानेलाई बुटवल लाने तयारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धान गर्न प्रहरीले बुटवल ल्याउने भएको छ […]