कञ्चनपुरमा एक दम्पतीको शव फेला, हत्याको आशंका

news-details

कञ्चनपुरको लालझाडीमा एक दम्पतीको शव फेला परेको छ।

लालझाडी गाउँपालिका–१ बिनवारी बस्ने ४६ वर्षीय रमेश वडायक र उनकी पत्नी ४३ वर्षीया कमला वडायकको शव फेला परेको हो।

कञ्चनपुर प्रहरी प्रवक्ता उमेश जोशीका अनुसार शुक्रबार बिहान राना दम्पतीको शव घरको आँगनमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

जोशीका अनुसार प्रहरीले अहिले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ। घटनस्थलको अवस्था हेर्दा हत्या भएको हुनसक्ने आशंका गरिएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *