सरकारको १०० दिने उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओली
- कार्तिक ७, २०८१
- 0
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको १०० दिनको उपलब्धि आज सार्वजनिक गर्ने भएका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
गत ३० असारमा चौथो पटक प्रधानमन्त्री नियुक्त भएका ओलीले आफ्नो कार्यकालको १०० दिन पूरा भएको अवसरमा सरकारका महत्वपूर्ण कार्य र उपलब्धिहरू सार्वजनिक गर्न लागेका हुन् ।
यसैबीच, उपलब्धि सार्वजनिकीकरण कार्यक्रम अघि प्रधानमन्त्री ओलीले सत्ता साझेदार दलहरूसँग छलफल गर्न बिहान बैठक बोलाएका छन् । बैठक केहीबेरमा बस्दैछ ।