मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा : छैटौँ दिन ११ जना सडकआश्रित मानवहरुको उद्धार

news-details

मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राको छैटौँ दिन शनिबार ११ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको छ ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो ।

मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शनिबार लहान नगरपालिका वडा–१ बाट २ जना, वडा–३ बाट ३ जना, गोलबजार नगरपालिका–६ बाट २ जना र मिर्चैया नगरपालिका–७ बाट १ जना गरि सिरहाबाट ८ जना र त्यस्तै धनुषा जिल्लाको जनकपुरधाम नगरपालिकाबाट–१ बाट २ जनाको उद्धार गरिएको हो ।

मेचीनगरदेखि सुरु भएको यात्रा शनिबार जनकपुरधामसम्म आइपुग्दा ६८ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए ।

उद्धार गरिएका ८ जना पुरुष र ३ जना महिलालाई शनिबार नै मानवसेवा आश्रम जनकपुरधाम सेवाकेन्द्रमा गृहप्रवेशका लागि लगिएको छ ।

उद्धार टोली आइतबार जनकपुरधाम, महेन्द्रनगर, ढल्केबर, बर्दिबास हुँदै गौशालामा सहभोज गरि सर्लाहीका विभिन्न सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहनुभएका मानवहरुको उद्धार तथा सेवामा रहने कार्यक्रम रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *