रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा काठमाडौं र पोखरामा प्रदर्शन

news-details

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ गरेको भन्दै पार्टीका नेता र कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् ।

शनिबार काठमाडौंको माईतीघरमा र पोखरामा पार्टीका नेता कार्यकर्ताहरुले पार्टी सभापति लामिछाने पक्राउ परेकोमा विरोध जनाएका हुन् ।

प्रदर्शनकारीहरुले सहकारी पीडितलाई न्याय दे, भ्रष्ट सरकार मुर्दावाद, दोषीलाई च्याप्ने, निर्दोषलाई न्याक्ने, भाट-भूटानी सरकार मुर्दावाद, सरकार म¥यो, जनतालाई जुठो प¥यो लगायतका प्लेकार्ड बोकी नारा लगाएका थिए ।

रास्वपा सभापति लामिछानेलाई सहकारी प्रकरणमा रकम हिनामिना गरेको आरोपमा अदालतको अनुमतिपछि प्रहरीले शुक्रबार साँझ पार्टी केन्द्रिय कार्यालयबाट पक्राउ गरी पोखरा पठाएको थियो ।

सभापति लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान हुने छ । लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रवन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *