बिपी राजमार्गमा सवारीसाधनको चाप बढ्दै, क्षतिग्रस्त सडकको मर्मत तथा सुधार कार्य जारी

news-details

बिपी राजमार्गमा सवारीसाधनको चाप बढेको छ । बिपी राजमार्गको नेपालथोक–भकुण्डेबेँसी खण्डमा ट्रयाक सडक निर्माण भएसँगै सवारीसाधनको चाप बढेको हो ।

पूर्वी तराईका जिल्लालाई राजधानी काठमाडौँसँग जोड्ने बिपी राजमार्ग असोज ११ र १२ गते भएको लगातारको वर्षासँगै रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त भएको थियो ।

नेपालथोक–भकुण्डेबेँसी खण्डको सडक बाढीले भत्काएपछि दुई सातासम्म बिपी राजमार्गमा यातायातका साधन गुड्न सकेका थिएनन् ।

रोशी खोलामा आएको बाढीले १० किलोमिटरभन्दा बढी सडक भत्किएको छ  । भत्किएको ठाउँमा कतै एकतर्फी र कतै दोहोरो यातायात सञ्चालन हुने गरी अस्थायी ट्रयाक निर्माण गरिएको छ ।

अहिले बिपी राजमार्ग सञ्चालन भएपछि राजधानी प्रवेश गर्ने र राजधानीबाट बाहिरी जिल्ला फर्किने यात्रुको चाप बढेको छ ।

यातायात अवरोध हटाउन खोलिएका ट्र्याकको मर्मत तथा सुधारकार्य जारी रहेकोले साँझ ६ बजेदेखि विहान ४ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *