प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त
- अशोज २०, २०८१
- 0
प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश पदमा नियुक्त भएका छन्।
आइतबार राष्ट्रपति रामचन्द्र पौडैलले राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन ।
असोज १६ गतेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रधानन्यायाधीशमा राउतको नाम सर्वसम्मतिले अनुमोदन भएको थियो।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि संवैधानिक परिषदको सिफारिसमा आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन्।