आपतकालीन समन्वयात्मक बैठक : घाइतेहरुको निःशुल्क उपचार, सडक तत्काल खुलाइने

news-details

सरकारले विपदमा परेर घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने भएको छ । शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको आपतकालीन समन्वयात्मक बैठकले घाइतेको निशुल्क उपचार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।

उनले भने, ‘नेपाल सरकारको कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आपतकालीन समन्वयात्मक बैठक बसेको हो । बैठकले दुईतीन दिन लगातार परिरहेको भारी बर्षाका कारणले धेरै ठाउँमा नोक्सान भएको छ । सरकारले ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दछ ।

साथै क्षतिपूर्ति दिने समेत निर्णय गरेका छौं । भारी बर्षामा परेका परीक्षाहरु समेत स्थगित गरिएका छन् । यस्तै घाइतेहरु निशुल्क उपचार त गर्ने गरेका छौं तरसबै घाइतेहरुको निशुल्क उपचार गर्ने निर्णय गरेका छौं । तत्काल अविलम्ब अवरुद्ध भएका सडकहरु खोल्ने निर्णय समेत गरेका छौं ।’

साथै तत्काल अवरुद्ध भएका सडकहरु सञ्चालन ल्याउन पहल थाल्ने समेत निर्णय भएको छ । विद्युत, खानेपानी टेलिफोनलगायत अवरुद्ध भएकाहरुको सञ्चालनको सम्बन्धित मन्त्रालयले काम गर्ने गुरुङले बताए । मृत्तकको परिवारलाई सरकारले राहतको व्यवस्था गर्ने समेत बैठकले निर्णय गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *