मौसम बिग्रिएपछि आन्तरिक उडान बन्द

news-details

बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण अन्तरिक उडान बन्द भएको छ ।

खराब मौसमका कारण दुई सय बढी उडानहरु रद्द भएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।

आन्तरिकतर्फ कम्तीमा २ सय ३८ वटा उडान रद्द भएका छन् । खराब मौसमका कारण यति धेरै संख्यामा आन्तरिक उडान रद्द भएको यो पहिलो पटक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

पर्वतीय उडान, सुगम र दुर्गमका लागि दुईतर्फी गरेर शुक्रबार ३ सय १६ उडानको तालिका रहेकोमा ७८ मात्र उडान भएका छन् ।

देशभरका सबै विमानस्थल र हवाई रुटमा अत्यधिक खराब मौसमका कारण जहाज हल्लाउने, डाइभर्ट हुने क्रम नरोकिएपछि प्राधिकरणले मौसममा सुधार नआएसम्म कतै पनि आन्तरिक उडान र हेलिकोप्टर चार्टर नगराउने निर्णय गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *