देशभर मनुसनी वर्षा : मौसम विभागले भन्यो– ‘आवश्यक सतर्कता अपनाउनू’

news-details

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।

साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

महाशाखाका अनुसार अहिले देशभर मनसुनी वर्षा भइरहेको छ । आज देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहनेछ ।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थान तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा ठूलो वर्षाको हुने महाशाखाले जनाएको छ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा ठूलो र एकदुई स्थानमा अति ठूलो वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आजराति देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहनेछ । विभागका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको विभागले उल्लेख गरेको छ । विभागले केही स्थानमा ठूलो तथा अति ठूलो वर्षा तथा हावाहुरीकोसमेत सम्भावना रहेको उल्लेख गरेको छ ।

आगामी २४ घण्टामा देशका अधिकांश भू-भागमा वर्षा जारी रहने भएकाले ती क्षेत्रमा बढी, पहिरो, भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिको सम्भावना रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *