सहकारी ठगीका आरोपी ढोरपाटनका मेयर नेपाली भारतबाट पक्राउ
- अशोज ११, २०८१
- 0
सहकारी ठगीको आरोप लागेपछि फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेका छन ।
उनलाई भारतको दिल्लीस्थित विमानस्थलबाट पक्राउ गरिएको हो ।
नेपाली बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन गरी उनी फरार थिए ।
उनीमाथि इमेज सहकारीको एक अर्ब ८० करोड ठगी गरेको आरोप छ ।