छविलाल जोशी सहकारी ठगी आरोपमा पक्राउ, अनुसन्धानका लागि पोखरा पठाइदै

news-details

सहकारी बचत रकम हिनामिना प्रकरणमा मुछिएका गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेका छन् ।

उनलाई प्रहरीले काठमाडौंबाटै आइतबार पक्राउ गरेको हो । जोशीलाई पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइने भएको छ ।

सूर्यदर्शनको ठूलो रकम गोर्खा मिडियाद्वारा सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजनमा हालिएको थियो ।

गत भदौ ३१ गते मन्त्रिपरिषद् बैठकबाट पारित सहकारीको बचत हिनामिनासम्बन्धी संसदीय विशेष छानबिन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयनका लागि गृहमन्त्री लेखकले आइतबार मात्रै प्रहरीलाई निर्देशन दिएका थिए । उनको निर्देशनलगत्तै छवि समातिएका हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *