सरकार संविधान अनुकुल सबै कानून निर्माण गर्ने ध्यानमा छ : मन्त्री खड्का

news-details

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले संविधानले पूर्ण रुपले कामहरु गर्न नपाएको बताएका छन् ।

बिहीबार नेपाली रेडियो नेटवर्कको आठौं वार्षिकोत्सव र संविधानको नवौं वर्षको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले तदअनुसारका कानूनहरु निर्माण हुन नसक्दा संविधानले पूर्ण कामहरु गर्न नसकेको बताएका हुन् ।

उनले भने, ‘संविधान संशोधनका नाममा संघीयताका विषयमा प्रश्न उठेका छैनन्, यसका कुनै संशोधन हुने कुराहरु पनि छैनन् । संविधानका नाममा समावेशी चरित्रलाई तोडमोड् गर्न खोजिएको होइन । त्यस कारण निर्वाचन प्रणालीका कुराहरु होलान्, संविधान निर्माण भइसकेपछि संविधानले पूर्ण रुपले आफ्नो कामहरु गर्न पाएको छैन । किनभने तदअनुसारका कानूनहरु निर्माण भइसकेको अवस्था छैन । अहिले सरकार संविधान अनुकुल सबै कानून निर्माण गर्ने ध्यानमा छ ।’

साथै उनले संसारको उत्कृष्ट संविधान नेपालको भएको बताए । उनले जनतालाई उपयुक्त लागेका र मुलुकलाई आवश्यक भएका विषयहरु बाहेक जनचाहना अनुसार संशोधन गरिनुपर्ने बुँदामाथि सरकारले काम गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सांसद पूर्वसभामुख अग्नि सापकोटा, एमाले नेतृ पद्यमा अर्याल, सांसद रामहरि खतिवडा, कांग्रेस नेता एवम उद्योगी उमेश श्रेष्ठ, कांग्रेस नेता चन्द्र भण्डारी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, एनआरएनए अभियन्ता आरके शर्मालगायतले आफ्नो धारणा राखेका थिए । रेडियो नेटकर्वका अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा भएका कार्यक्रमको सहजीकरण कार्यकारी निर्देशक जीवन भण्डारीले गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *