नदी मापदण्डविरुद्धको प्रदर्शनमा माइतीघरको सडकमा सुतेर प्रदर्शन (फोटोफिचर)

news-details

नदी किनारको खुला क्षेत्रको थप २० मिटर छाड्नुपर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध बिहीबार माइतीघरको सडकमा सुतेर भएको प्रदर्शनमा पूर्वमन्त्री राजेन्द्र महतो पनि सहभागी भएका छन् ।

राष्ट्रिय मुक्ति क्रान्तिको नामबाट राजनीतिक गतिवधि गरिरहेका उनी उपत्यकाका नदी किनारका बासिन्दाले गरेको प्रदर्शनमा सहभागी भएका हुन् । कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल का अध्यक्ष राजेन्द्र महतो, सुमन सायमी , जुनतारा पुन मगर, बुद्ध छिरिङ मोक्तान , रबिन्द्र कुमार श्रेष्ठ , जितेन्द्र बज्राचार्य, गोपाल किराँती, कुशलव केसी लगायतका वक्ताहरुले आफ्ना भनाईहरु राख्दै सडकमा सुतेर उपत्यकावासीलाई घरबारविहिन बनाउने फैसलाको बिरोध गरेका थिए र संविधान जलाएर संविधानको बिरोध गरेका थिए।

प्रदर्शनमा गैरन्यायिक सडक तथा खोलाको मापदण्ड खारेज गर, बहुलराष्ट्रिय राज्य कायम गर, असोज तिन कालो दिन, दलित अभियानको माग पुरा गर, भ्रस्टाचारीलाई कार्वाही गर, सहकारी पीडितलाई न्याय दे, नेपाः मण्डल कायम गर, स्वदेशवाद जिन्दावाद, राष्ट्रिय मुक्ति क्रान्ति नेपाल जिन्दावाद लगायतको नारा लगाइएको थियो।

सर्वोच्च अदालतले हालै एक फैसलामा वाग्मती, विष्णुमती लगायत नदी किनारका हाल २० मिटर खुला क्षेत्र रहेकामा थप २० मिटर छाड्न आदेश दिएको थियो । उक्त आदेश अनुसार आफूहरुको घरबास गुम्ने भन्दै नदी किनारका बासिन्दा प्रदर्शनमा आएका हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *