सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रधानमन्त्री ओली र देउवालाई हस्तान्तरण
- अशोज २, २०८१
- 0
सत्ता गठबन्धनले सरकारको न्यूनतम प्रतिबद्धताका साझा कार्यक्रम तयार पारेको छ ।
बुधबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न गठित चार सदस्यीय कार्यदलले कार्यक्रमको मस्यौदा बुझाएको छ । मस्यौदा मन्त्रिपरिषद्ले पारित गरेसँगै सार्वजनिक हुन्छ ।
मस्यौदा बुझाएपछि कांग्रेस महामन्त्री गगन थापाले सरकार बनाउँदा कांग्रेस र नेकपा एमालेबीचमा भएको सात बुँदे सहमतिको आधारमा कार्यक्रम जानकारी दिए ।
उनले यो साझा कार्यक्रम नभइ दुई वटा राजनीतिक दलहरुको साझा संकल्प र नीतिगत प्रतिबद्धता रहेको बताए ।