संघीयता निजामती ऐनको अभावले कर्मचारी उत्तरदायी हुन सकेका छैनन् : सभामुख घिमिरे

news-details

सभामुख देवराज घिमिरेले संघीयता निजामती ऐनको अभावले गर्दा कर्मचारी हुन नसकेको बताएका छन् ।

बुधबार संविधान कार्यान्वयनको वर्तमान अवस्था अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले ऐनको अभावका कारण व्यवस्थापिकाको कामहरु कसरी गर्ने र प्रदेश सरकारले आफ्नो संयन्त्र कसरी चलाउने भन्ने कुरामा समस्या आएको बताएका हुन् ।

उनले भने , ‘संघ, प्रदेश र स्थानीय तहबीचको अन्तर सम्बन्धको विषय छलफल हुनु जरुरी छ किन की यो कसरी कार्यान्वयन भैइरहेको छ, यसका सकारात्मक र नकारात्मक कुराहरु के हुन् ? अब यसले के गर्नुपर्छ भन्ने जस्ता विषयमा छलफल गरिनुपर्छ, हामीले संविधान संम्वत ढंगबाट संघीयताको आधारमा तीनै तहका कानून बनाउने कुराहरु गर्न केही ढिला हुँदैन, कतिपय त अहिले पनि बनिरहेका छन्, संघीय निजामती ऐनको अभावमा तलका कर्मचारीहरु उत्तरदायी हुने र खासगरि प्रदेश सरकारले आफ्नो संयन्त्र कसरी चलाउने ? भन्ने कुरामा अहिले पनि व्यवहारिक कठिनाईहरु आएका छन् ।’

साथै, उनले संघीयता भित्रको प्रदेश सरकार जुन मात्रामा प्रभावकारी हुनुपर्ने हो त्यसमा कमी आएको बताए । उनले संघीयताको आधारमा प्रदेश र स्थानिय सरकारहरुले गरिरहेका प्रशासनिक र न्यायीक कामहरुको समिक्षा हुन जरुरी रहेको पनि बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *