राजेन्द्र महतोको नेतृत्वमा नयाँ पार्टी घोषणा

news-details

विगत ६ महिनाअघिदेखि अभियानका रुपमा संचालन हुँदै आएको राष्ट्रिय मुक्ति क्रान्तिले आजबाट पार्टी घोषणा गरेको छ ।

राष्ट्रिय मुक्ति क्रान्तिको असोज १ गते बसेको राष्ट्रिय समितिको बैठकले नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको अध्यक्षतामा नयाँ पार्टी ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ नामक राजनीतिक दल गठन गर्ने निर्णय गरेको हो ।

स्वदेशवाद, बहुलराष्ट्रवाद र सामूदायिक समाजवादको मार्ग निर्देशक सिद्धान्तलाई आत्मसात् गर्दै गत फाल्गुन १४ गतेदेखि अभियानको रुपमा संचालन भइरहेको राष्ट्रिय मुक्ति क्रान्तिले आजै मात्र एक औपचारिक कार्यक्रमका बिच पार्टी घोषणा गरेको हो ।

यस अवधिमा दुई चरणको प्रचारात्मक कार्यक्रम मार्फत सम्वादात्मक कार्यक्रमदेखि सडक संघर्ष सम्मको कार्यक्रम सम्पन्न गरेको छ । प्रचारात्मक कार्यक्रम पूर्वी नेपालको पाँचथरको फिदिमदेखि वागलुङको बुर्तिवाङ र दाङको घोराहीसम्म पुरा गरिसकेको छ ।

नेपालमा एकल राष्ट्रिय राज्यको चिन्तन सोचबाट संविधान निर्माण भएको कारणले नेपाल सबै नेपालीहरुको साझा बन्न नसकेको र सबै जातजाति, भाषा, धर्म भएका मानिसहरुलाई एकजुट गराउँदै देशमा विद्यमान रहेका विभेद, असमानता, शोषण, दमन उत्पीडन, अन्याय, अत्याचार, भ्रष्टाचार, कुसंस्कार, संस्कृतिबाट देशलाई मुक्ति दिलाई देशका सबै पहिचान, वर्ग, समुदाय, धर्म र लिंगका जनतालाई अधिकार, पहिचान, स्वाभिमान, शुशासन, समृद्धि, सामाजिक न्याय तथा सभ्यता र संस्कृतिको रक्षाको निमित्त हिमाल, पहाड, तराई मधेशका जनता एक्यवद्ध गराउँने प्रमुख पार्टीको एजेन्डा हुने अध्यक्ष महतोले जानकारी दिए ।

पार्टी घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष महतोले राष्ट्रिय मुक्ति क्रान्तिले उठाएका माग र मुद्धालाई सरकारले पुरा नगरे आगामी मंसिरदेखि ससक्त रुपमा शान्तिपुर्ण विद्रोहमा प्रवेश गर्ने समेत चेतावनी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *