लगातार १० वटा बैठकमा अनुपस्थित हुने सांसदहरूको नामावली सार्वजनिक

news-details

लगातार १० वटा बैठकमा अनुपस्थित हुने सांसदहरूको नामावली सार्वजनिक भएको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले लगातार १० वटाभन्दा बढी बैठकमा सहभागी नभएका सांसदहरूको नामावली र कारणबारे जानकारी गराएका हुन् ।

जानकारी गराउँदै सभामुख घिमिरेले भने, ‘प्रतिनिधिसभाको नियमावली २०७९ को नियम २१३ को उपनियम १ बमोजिम विविध कारणले लगातार १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित निम्न लिखित मान्य सदस्यहरुको नाम प्रकाशन गर्दैछु । क्रमसंख्या सदस्य गीता बस्नेत, मनोरमा शेरचन, अम्बिका बस्नेत, राजु थापा, नारायण खड्का, प्रकाशमान सिंह, सुनिलकुमार शर्मा, कान्तिका सेजुवाल, बसन्तकुमार नेम्वाङ, प्रेमबहादुर महर्जन, गोकर्णराज विष्ट, दीपक बोहोरा कालुराम राई र नारायणप्रकाश साउद रहेका छन् ।’

यसरी लगातार अनुपस्थित हुने सांसदहरूले स्वास्थ्य उपचार, विदेश भ्रमण लगायतका कारण पेस गरेका छन् । उनीहरूको अनुपस्थिति सभाले स्वीकृत गरेको सभामुख घिमिरेले घोषणा गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *