‘सहकारीहरु कानुन र इमान विपरित छन् भन्ने अध्ययनले देखाउँछ’

news-details

सहकारी संस्था बचत तथा रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबीन विशेष समितिको प्रतिवेदन २०८१ प्रतिनिधि सभामा पेस भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा समिति सभापति सूर्य बहादुर थापाले प्रतिवेदन पेस गरेका हुन ।

प्रतिवेदन पेसपछि बैठकमा बोल्दै उनले अनुसन्धाबाट सहकारी विपरित, कानुन विपरित र इमान विपरित कार्य भइरहेको खुलेको बताए ।

यस स्थितिको अन्त्य गरी सहकारी क्षेत्रलाई आम जनताको बीचमा विश्वसनियता पुन जागरित गरेर अघि बढाउन कोसिस आफूहरुले गरेको उनको भनाई छ ।

उनले भने,‘मान्छेका खाता, कार्य प्रणाली फेक छन् । सहकारी होइन् । सहकारी विपरितका क्रियाकलाप भइरहेका छन् । कानुन विपरित र इमान विपरित कार्य भइरहेका छन् । यस स्थितिको अन्त्य गरी सहकारी क्षेत्रलाई आम जनताको बीचमा विश्वसनियता पुन जागरित गरेर अघि बढाउन कोसिस गरेका छौं र समस्या समाधानको बाटो पहिल्याउँदै अविश्वासको अध्यारो छिचोलेर विश्वासको दियो बाल्ने हामीले हिम्मत गरेका छौं ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *