नागार्जुन चौतारीको आयोजनामा बिज्ञान तथा प्रविधी छलफल सम्पन्न

news-details

काठमाडौंको नागार्जुनमा १२ औ बिज्ञान तथा प्रबिधी दिवसको उपलक्ष्यमा आयोजित बिज्ञान तथा प्रविधी छलफल सम्पन्न भएको छ ।

नागार्जुन नगरवासीहरुको साझा संस्था नागार्जुन चौतारी, नेपालको आयोजना तथा शिक्षा तथा बिज्ञान प्रबिधी मन्त्रालयको सहआयोजनामा सम्पन्न उक्त छलफल कार्यक्रममा प्रमुख अतिथीकारुपमा गृह सचिब गोकर्णमणी दुवाडी तथा विशेष अतिथिकारुपमा शिक्षा तथा बिज्ञान प्रबिधी मन्त्रालयका सचिब बिश्व बाबु पुडासैनी, शसस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत, उपमेयर सुसिला पराजुलीको सहभागीता रहेको थियो ।

यस्तै छलफल कार्यक्रममा अतिथिकारुपमा नार्गाजुन नगरपालिका वडा नं. १ का वडाअध्यक्ष रामेश्वर लामा, वडा नं. २ का वडाअध्यक्ष थुमराज केसी, वडा नं. ३ का वडाअध्यक्ष उमेश लामा, स्वास्थ्य सेवा विभागका डा. अनु शाक्य, युनेस्को नेपालका डा. ध्रुबराज रेग्मी, मुक्ति रिजाल, एआई विज्ञ हरेराम रिमाल, संस्थाका सरक्षक, सल्लाहकार, आजिबन सदस्यहरु, नगरका अग्रज व्यक्तित्वहका साथै उत्साहजनकरुपमा नगरवासीहरुको सहभागिता रहेको थियो ।

छलफल कार्यक्रममा बिज्ञान तथा प्रविधिको विषयमा कार्यपत्रसमेत प्रस्तुत गरिएको थियो । एआई विज्ञ रिमालले विज्ञान प्रविधीको क्षेत्रमा एआईको उपयोग, प्रभावकारिता र यसका विविध आयामबारे चर्चा गरेका थिए । यस्तै स्वास्थ्य सेवा विभागका डा. अनु शाक्यले स्वास्थ क्षेत्रमा एआईको प्रभाबकारीता र भबिष्यमा यसबाट हुनसक्ने सहयोगको बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका गृहसचिव दुवाडीले विज्ञान र प्रविधिको उपयोग गरेर नै जिवनलाई समुन्नत बनाउनुपर्छ भन्ने मान्यता आफ्नो रहेको बताए । विज्ञान भन्ने विषय तर्क, तथ्य र हस्तान्तरणमा आधारित हुने र यो शिक्षासँग पनि सम्वन्धित हुने उनको भनाई थियो ।

नागार्जुन चौतारी संस्थाको चर्चा गर्दै दुवाडीले सकारात्मक परिवर्तन ल्याउने काम गर्न र त्यसलाई लागू गराउन संस्था सफल होस भन्ने शुभकामना व्यक्त गरे । उनले स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारसँग सहकार्य गरेर समूदायको आवश्यक्ताबारे कार्ययोजनानै बनाएर अघि बढन संस्थालाई सुझाव दिए ।

युनेस्को नेपालका डा डा धु्र्ब रेग्मीले एआईको प्रभाब र पुर्खादेखि चल्दै आएका आयुर्बेदीक औषधीको चर्चा गर्दै युनेस्कोले गर्न सक्ने सदभाब र सहयोगको बाचा गरे । सस्थाका सल्लाहकार ज्योती बानियाले सस्थाका उद्देश्य र मार्गचित्र बारे प्रकाश पारेका थिए ।

सस्थाका सरक्षक तथा नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतले नाचौले उद्देश्य अनुसारको सफलता प्राप्त गर्दै गएको तथा नगर र नगरबासीको स्वास्थ्य, जनजिबीका, सडक, बिपन्न बर्ग, सबै नागरिकका लागी सदैब कार्यरत रहेको बताउदै संस्थासँगको सहकार्यमा धेरै काम गर्ने बताए ।

कार्यक्रमका सभापति तथा नागार्जुन चौतारीका अध्यक्ष टि.बी कार्कीले कार्यक्रमको सार्थकताबारे प्रकाश पार्दै कार्यक्रम सम्पन्न गर्न योगदान पु¥याउने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । नगरवासीहरुको सामाजिक सुरक्षा, सचेतना तथा शिक्षा, स्वास्थ्य, सामाजिक कार्य लगायतमा सबैसँग हात्तेमालो गरेर काम गर्ने अध्यक्ष कार्कीले बताए । कार्यक्रमको समापन गर्दै कार्कीले नागार्जुन नगरपलिका र नागार्जुन चौतारीले असल नागरिकहरुको उल्लेखनिय बसोवास र उपस्थिती पाएकोमा गौरब गर्नु पर्ने बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *