संखुवासभामा ‘दलित स्वतन्त्र एकता समाज’ गठन, अध्यक्षमा मानकाजी कोइराला चयन

news-details

संखुवासभा/ संखुवासभा जिल्लामा ‘दलित स्वतन्त्र एकता समाज’ समिती गठन भएको छ ।

जिल्लामा रहेका अल्पसंख्यक दलित समुदायको हकहित र अधिकार संरक्षण गर्ने उद्देश्यका साथ जिल्लाका दलित अधिकारकर्मीहरुको अगुवाइमा १० वटै पालिकालाई समेट्दै २३ सदस्यीय कार्यसमिती गठन भएको हो ।

जसअन्तर्गत अध्यक्ष पदमा मानकाजी कोइराला, उपाध्यक्षमा राजन महते, सचिव पदमा कृष्ण तिरुवा, सह–सचिवमा लिला बहादुर दर्नाल र कोषाध्यक्ष पदमा फूलमाया ठटाल चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा चिचिला गाउँपालिकाका जंगबहादुर विश्वकर्मा, सभापोखरी गाउँपालिकाका सुरेन्द्र विश्वकर्मा, चैनपुर नगरपालिकाका उज्वल विश्वकर्मा, पाँचखपन नगरपालिकाका सरिता गदाल, मिलन विश्वकर्मा, खाँदवारी नगरपालिकाका गोमा विश्वकर्मा, जीवन आच्छामी, हस्तबहादुर विश्वकर्मा, मादी नगरपालिकाका रबिन ल्वागुन, धर्मदेवी नगरपालिकाका चन्द्रमाया परियार, राजन गदाईली चयन भएका छन् । त्यस्तै कार्यसमितीमा भोटखोला, मकालु र सिलिचोङ गाउँपालिकाका दलितहरुलाई पनि समेटिने छ ।

पार्टीभन्दा माथि रहेर जिल्लामा रहेका सम्पुर्ण दलित समुदायलाई समेटेर स्थापना गरिएको संस्था विशुद्ध सामाजिक र गैर राजनैतीक संस्था हो । संस्थामा जुनसुकै धर्म र पार्टीमा आवद्ध भएका दलितहरुलाई समावेश गरेर दलित समुदायले लामो समयदेखि भोग्दै आएका समस्याहरुलाई सडकदेखि सदनसम्म लैजानका लागि संस्था स्थापना गरिएको अध्यक्ष कोइरालाले जानकारी दिए ।

जिल्लामा रहेका अधिकांश दलितहरुले अझैपनि विविध समस्या भोग्नुपरेको र स्थानीय सरकारले दलितमैत्री कार्यक्रमहरु केही पनि गर्न नसकेको हुनाले जिल्लाका दलित समुदायलाई एक बनाएर हकहित तथा अधिकार सुनिश्चित गर्नका लागि संस्थाको स्थापना गरेको अध्यक्ष कोइरालाले बताए ।

संखुवासभा जिल्लाका दलित समुदायहरुको छाता संस्था ‘दलित स्वतन्त्र एकता समाज’ समिती भर्खरै स्थापना भएको सामाजिक संस्था हो । संखुवासभा जिल्लामा रहेका दलितका समस्या समाधान गर्न र हकहितलाई संबोधन गर्न स्थापन भएको यस संस्थामा धेरैभन्दा धेरै जिल्लावासी दलितहरु आवद्ध हुन अध्यक्ष कोइरालाको आग्रह छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *