‘माओवादी हिंसा’ शब्द नहटाएसम्म माओवादी केन्द्रले संसद् अवरोध कायमै राख्ने

news-details

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले ‘माओवादी हिंसा’ शब्द नहटाएसम्म संसद्मा अवरोध कायमै राख्ने भएको छ ।

आइतबार सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतक र सचेतकहरूसँगको छलफलमा सहमति नजुटेको भन्दै संसद्मा अवरोध कायमै राख्ने पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

उनले भने, ‘माओवदीले जुन विषय उठाइरहेको छ । यो शब्दमा मात्र कुरा होइन समग्र जनयुद्धको भाव त्यहाँ व्यक्त भएको विषयवस्तुसँग सम्बन्धित छ । त्यसैले हाम्रो दलले अवरोध जारी राख्ने निर्णय गरेको हो । यहाँबाट निस्केपछि पार्टीमा पनि छलफल हुन्छ ।’

यता, सरकारका प्रमुख सचेतक महेश बर्तौलाले सभामुखको रूलिङ विरुद्धमा गएर माओवादीले संसद् अवरोध गरे माओवादीको संसदीय प्रणालीमाथि र निष्ठामाथि नै प्रश्न उठ्ने दाबी गरे ।

उनले सभामुखको निर्णय खिलाफ नै जाने हो भने सभामा कस्ले भनेको मान्ने भन्दै प्रश्न गरे ।

‘निर्णय गर्ने अन्तिम अधिकार सम्माननीय सभामुखलाई छ । सभामुखको रूलिङ सबैले मान्नुपर्छ । नियमापत्तिमाथि निर्णय गर्ने अधिकार सभामुखलाई छ । त्यसको खिलाफमा माओवादी संसदीय दलले त्यो निर्णयलाई नसच्याएसम्म आन्दोलन गर्ने,हाउस चल्न नदिने जुन कुरा गर्नुभयो यो बेठिक छ । यसले माओवादीको संसदीय प्रणालीमाथी नै उसको निष्ठामाथि नै प्रश्न उठेको छ । यो विषय फिर्ता लिनुहोस् भनेका छौँ । सभामुखको निर्णय खिलाफ नै जाने हो भने सभामा कस्ले भनेको मान्ने ?’,बर्तौलाको भनाइ थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *