डेडिकेटेड ट्रंक लाइनको वक्यौता उठाउन माग गर्दै सर्वोच्चमा मुद्दा

news-details

डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेवापतको वक्यौता रकम तत्काल असुल गर्नुपर्ने मागसहित अधिवक्ता यज्ञमणि न्यौपानेले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन् ।

आइतबार अधिवक्ता न्यौपानेले डेडिकेटेड र ट्रंक लाइन बापतको २२ अर्ब बक्यांैता असुल गनुपर्ने मागसहित सर्वोच्चमा मुद्दा दर्ता गराएका हुन् ।

मुद्दा दर्तापछि सर्वोच्चमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अधिवक्ता यज्ञमणि न्यौपानेले २२ अर्ब नेपाल विधुत्त प्राधिकरणको पैसा सत्तामा बसेकाहरुले तिर्नुपर्दैन भनेर ट्रंक लाइन र डेडिकेटेडमा राजनीति गर्न खोजेको आरोप लगाए । निर्देशक कुलमान घिसिङले प्राधिकरणको क्षेत्रमा गरेको विकासको विरुद्धमा नै सरकार लागेको उनको आरोप छ ।

उनले भने, ‘२२ अर्ब नेपाल विद्युत प्राधिकरणको पैसा सत्तामा बसेकाहरुले तिर्नु पर्दैन भनेर ट्रंक लाइन र डेडिकेटेडमा राजनीति गरे । कुलमानले विद्युत प्राधिकरणलाई जुन अवस्थामा पु¥याएको छ त्यसको विरुद्धमा लाग्न थाले ।’

अधिवक्ता यज्ञमणि न्यौपानेले देश अप्ठ्यारोमा परेको बेला न्यायलयको ढोका ढकढक्याउनुको विकल्प नहुने भन्दै प्राधिकरण पनि विकल्पहिन अवस्थामा पुगे पश्चात न्यायलयको ढोका ढकढक्याउन आइपुगेको बताए ।

उनले भने,‘जब देश अप्ठ्यारोमा पर्छ तब न्यायलयको ढोका ढकढक्याउनुको विकल्प अरु भएन । विकल्पहिन अवस्थामा पुगेपश्चात न्यायलयको ढोका ढकढक्याउन आइपुगेका हौं ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *