प्रस्तावित राजदूतबारे निर्णय गर्न बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित

news-details

आइतबार बस्ने तय भएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ ।

विभिन्न १७ देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ सकिएपछि उनीहरूबारे निर्णय गर्नका लागि बस्ने भनिएको बैठक बस्दै नबसी स्थगित भएको हो ।

समिति सदस्यहरूको व्यस्तताका कारण बैठक स्थगित भएको समिति सचिवालयले जनाएको छ ।

सरकारले भारतका लागि शंकरप्रसाद शर्मा, जर्मनीका लागि डा शैल रूपाखेती, डेनमार्कका लागि सुम्निमा तुलाधर, इजरायलका लागि धनप्रसाद पण्डित, मलेसियाका लागि नेत्रप्रसाद तिमिल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहाम्फे, दक्षिण अफ्रिकाका लागि प्राडा कपिलमान श्रेष्ठ, स्पेनका लागि सनिल नेपाल, श्रीलंकाका लागि रामकृष्ण भट्टराई, बेलायतका लागि चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मीको नाम प्रस्तावित छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *