गिरीबन्धुकै मुद्दा उठाउदा सत्ताबाट हट्नुपर्यो : प्रचण्ड

news-details

पुर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरीबन्धुकै मुद्दा उठाउदा सत्ताबाट हट्नु परेको बताएका छन् ।

झापाको बिर्तामोडमा बसपार्क समन्वय समितिको ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा प्रचण्डले त्यस्तो बताएका हुन् ।

सर्वोच्च अदालतले गिरीबन्धुुको स्वामित्वमा रहेको ३४३ बिगाहा जमिनको सट्टा पट्टा दिने निर्णय उल्टाएको छ ।

सो मुद्दाको पुर्णपाठमा २०६१ सालमा सट्टा पट्टा दिने निर्णय गरिएको सुदर्शन गिरीको स्वामित्वको ५१ बिगाहा जमिनलाई पनि गिरीबन्धुकै जमिनका रुपमा गणना गर्नु भन्ने उल्लेख छ ।

अदालतको सो आदेशपछि तत्कालीन अवस्थामा किनबेच भएको सो जमिनको कारोबारमा मालपोत कार्यालयले रोक लगाएको छ ।

जमिनको कारोबारमा रोक लगाएपछि त्यहा रहेका ५ सयभन्दा बढी घरधुरी अन्यौलमा परेका छन् ।

उनीहरूले मन्त्रीस्तरबाट निर्णय भएर लामोसमय देखि कारोबार भईरहेको सो जमिनको बिषयमा उत्पन्न अन्यौलता अन्त्य गर्न माग गर्दै प्रचण्डको ध्यानाकर्षण गराएका हुन् ।

ज्ञापनपत्र बुझ्दै प्रचण्डले बिर्तामोड बसपार्कको जमिनमा उत्पन्न समस्याको बारेमा जानकार रहेको बताएका छन् ।

उनले यिनै मुद्दा उठाउदा सत्ताबाट हट्नुपरेको भन्दै समस्या समाधानका लागि सकारात्मक रहेको धारणा राखेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *